१४ असार २०८३, आइतबार

धादिङमा तीर्थयात्री बोकेको बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

फागुन ५, २०८०
काठमाडौं
धादिङमा तीर्थयात्री बोकेको बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

धादिङमा बस र ट्रक ठोक्किँदा २० जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर छ । ​​

काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । बसमा ३० जना सवार थिए । 

घाइतेको विवरण भने आउन बाँकी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्