
क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशका कार्यकर्ताले महेन्द्रनगर विकास समितिका तत्कालीन सूचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलेका छन् ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट संगठनका कार्यकर्ताहरूले शनिवार दिउँसो भट्टलाई सडकमै कालोमोसो दलेका हुन् ।
महेन्द्रनगर नगर विकासको ६३८ विघा जमिन हिनामिना गरेको आरोप लगाउँदै उनीहरूले भट्टलाई कालोमोसो दलेका हुन् । मोटरसाइकलमा सवार भट्टलाई उनीहरूले बीच बाटोमा रोकेर दुर्व्यवहार गरेका हुन् ।
भट्टले विकास समितिका अध्यक्ष्य पल्टु रानाको कीर्ते हस्ताक्षर गरी १५ जनालाई जमिन वितरण गरेको संगठनको दाबी छ ।
संगठनका अनुसार उनले जमिन उपलब्ध गराइदिने भनि लक्ष्मण चन्दबाट ३० लाख, राजेश्वरी शाहबाट ६० लाख र समर चन्दबाट ४ लाख रुपैयाँ लिएका थिए ।
साथै एउटै कित्ताको जग्गा धेरै जनालाई लिजमा दिएको उनीहरूको दाबी छ ।