२६ जेठ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग, उपकुलपति छान्न आज अन्तरवार्ता

फागुन ६, २०८०
काठमाडौं
मन्त्री ज्वालालाई बर्खास्त गर्न माग, उपकुलपति छान्न आज अन्तरवार्ता

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् ।
शनिवार काठमाडौंको थापागाउँमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।
००००
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको पहिलो केन्द्रीय सचिवालयको बैठक शनिवार बसेको छ ।  इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ स्थित आइतबारेमा बसेको बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । 
जसअनुसार प्रदेश नम्बर १ को नामकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलन प्रति ऐक्यबद्धता जनाउनेलगायतको निर्णय भएको छ ।
००००
समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा  बैठक बोलाइएको हो ।
००००
सगरमाथा सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
००००
रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन भन्दै प्रशासनले निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, रौतहटले शनिवार अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
००००
रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ ।
रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए ।
००००
आईसीसी क्रिकेट विश्वकप लिग–२ एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सानदार जीत निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा १३८ रनको लक्ष्य नेपालले १५।२ ओभरमा एक विकेट गुमाएर पूरा र्गयो । नेपालको उत्कृष्ट बलिङमा नेदरल्यान्ड्स शुरूदेखि नै दबाबमा परेको थियो ।
००००
सहकारीका बचतकर्ताको एक अर्ब बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ पक्राउ परेका छन् ।
बचतकर्ताको उजुरीपछि सहकारीका अध्यक्ष गुरुङलाई बिहीबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । गुरुङलाई बुटवलबाटै पक्राउ गरिएको हो ।
००००
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले सर्टलिष्टमा परेको १४ जनाको अन्तर्वार्ता लिन लागेको हो ।
 त्यसका लागि आज बिहान साढे ८ बजेदेखि शिक्षा मन्त्रालयमा सम्बन्धितलाई बोलाइएको छ।
००००
एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । 
ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । 
मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण  घटना भएको निष्कर्ष आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उनलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्