×

सरसर्ती २४ घण्टा

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग, उपकुलपति छान्न आज अन्तरवार्ता

काठमाडाैं | फागुन ६, २०८०

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् ।
शनिवार काठमाडौंको थापागाउँमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।
००००
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको पहिलो केन्द्रीय सचिवालयको बैठक शनिवार बसेको छ ।  इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ स्थित आइतबारेमा बसेको बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । 
जसअनुसार प्रदेश नम्बर १ को नामकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलन प्रति ऐक्यबद्धता जनाउनेलगायतको निर्णय भएको छ ।
००००
समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा  बैठक बोलाइएको हो ।
००००
सगरमाथा सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
००००
रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन भन्दै प्रशासनले निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, रौतहटले शनिवार अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
००००
रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ ।
रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए ।
००००
आईसीसी क्रिकेट विश्वकप लिग–२ एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सानदार जीत निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा १३८ रनको लक्ष्य नेपालले १५।२ ओभरमा एक विकेट गुमाएर पूरा र्गयो । नेपालको उत्कृष्ट बलिङमा नेदरल्यान्ड्स शुरूदेखि नै दबाबमा परेको थियो ।
००००
सहकारीका बचतकर्ताको एक अर्ब बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ पक्राउ परेका छन् ।
बचतकर्ताको उजुरीपछि सहकारीका अध्यक्ष गुरुङलाई बिहीबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । गुरुङलाई बुटवलबाटै पक्राउ गरिएको हो ।
००००
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले सर्टलिष्टमा परेको १४ जनाको अन्तर्वार्ता लिन लागेको हो ।
 त्यसका लागि आज बिहान साढे ८ बजेदेखि शिक्षा मन्त्रालयमा सम्बन्धितलाई बोलाइएको छ।
००००
एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । 
ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । 
मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण  घटना भएको निष्कर्ष आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उनलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
 


Advertisment

Advertisment
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x