२३ जेठ २०८३, शनिबार

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

फागुन ६, २०८०
काठमाडौं
एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​

आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको हो । 

यो सहकार्यसँगै प्रिक्सा टेक्नोलोजीले अब ब्रिटिस कजेलमा एआई, मेसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधिलगायतका विषयमा विशेष शत्रहरू सञ्चालन गर्नेछ ।

यस सहकार्यबारे प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले नयाँ प्रतिभाको विकास गर्न र सूचना प्रविधिको क्षेत्रमा नवीनतालाई बढावा दिने बताए ।

‘द ब्रिटिश कलेजसँगको रणनीतिक साझेदारी गर्न पाउँदा हर्षित छौं', उनले भने, ‘यो सहकार्यले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त बनाएर अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’ 

null

यस्तै ब्रिटिस कलेजको स्कूल अफ कम्प्युटिङका प्रमुख डा. रोहित पाण्डेले सीपयुक्त विद्यार्थी तयार गर्ने योजना अनुसार प्रिक्सा टेक्नोलोजीसँग सहकार्य गरेको बताए ।

‘विद्यार्थीहरूलाई बजारका लागि योग्य बनाउन विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छौं । त्यसैअनुसार प्रिक्सासँग साझेदारी भएको हो', पाण्डेले अगाडि भने ।​​

प्रिक्साले बिट्रिस कलेजमा एआई, मेसिन लर्निङ सम्बन्धि कक्षाका साथै विभिन्न वर्कशप समेत सञ्चालन गर्ने जनाएको छ । विशेष गरी यसबाट ब्रिटिस कलेजमा एमएस्सी/बीएस्सी कम्प्युटर साइन्स (एआई) मा भर्ना हुने विद्यार्थीहरूलाई फाइदा हुने कलेजले जनाएको छ ।

ब्रिटिस कलेजले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्डको सहकार्यमा यसैवर्षदेखि एआई स्पेसिलाइज्ड चार वर्षे एमएस्सी/बीएस्सी कम्प्युटर साइन्स शुरू गरेको छ ।​

प्रिक्सा टेक्नोलोजीले यसअघि नै पुल्चोक इन्जिनियरिङ क्लेजमा स्नातक र स्नातकोत्तरमा एआई कोर्ष अध्यापन गराउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्