
यही फागुनको १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म हो, – अगस्त्यः च्याप्टर १ ।
फस्टलुक पोस्टरबाटै चर्चा पाएको फिल्मको गत बिहीवारमात्रै ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको चर्चा थप चुलिएको छ । विशेषगरी अभिनेता सौगात मल्लको प्रशंसा भइरहेको छ ।
ट्रेलरमा सौगातको अभिनय हेरेपछि नेपालमा उनले जति अभिनय गर्न सक्ने अरु कलाकार नभएको भनेर दर्शकले प्रतिक्रिया दिइरहेका छन् ।
कतिपयले नेपाली फिल्म उद्योगले सौगात मल्लको अभिनयलाई अहिलेसम्म चिन्न नसकेको बताएका छन् ।
नाजिर हुसेनलगायतका अन्य कलाकारको अभिनयलाई पनि दर्शकले तारिफ गरेका छन् । धेरैले फिल्मको ट्रेलर कुनै साउथ इण्डियन फिल्मको भन्दा कम नभएको उल्लेख गरेका छन् ।
सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म एक्सन थ्रिलर जनरामा निर्माण भएको हो । फिल्ममा सौगात, नाजिरका साथमा प्रमोद अग्रहरी, निश्चल बस्नेत, मलिका महत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतको अभिनय छ ।
फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ ।
संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा हेर्न सकिन्छ ।
यस्तो छ ट्रेलर