०५ असार २०८३, शुक्रबार

शिक्षक दाजुभाइले बाटोमै कुटे विद्यार्थी, खुट्टा र छातीमा चोट

फागुन ६, २०८०
धनगढी
शिक्षक दाजुभाइले बाटोमै कुटे विद्यार्थी, खुट्टा र छातीमा चोट

कैलालीको धनगढीमा शिक्षकले कुटपिट गर्दा एक विद्यार्थी घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक नरेश भट्टको कुटपिटबाट सोही विद्यालयमा १० कक्षामा अध्ययनरत १६ वर्षीय प्रवीण राना घाइते भएका हुन् ।

बाटोमा हिँडिरहेका बेला शिक्षकले निर्घात कुटपिट गरेको घाइते प्रवीणकी दिदी सिमाना रानाले बताइन् ।​

'गएराति भाइ गाउँबाट घर आउँदै थियो । बाटोमा शिक्षक नरेश भट्ट सरको कुकुर टोक्न आएपछि भाइले कुकुरलाई ढुङ्गाले हान्यो । कुकुरलाई किन हानिस् भनेर सर र उनका भाइ चेतराज भट्ट मिलेर लट्ठीले भाइलाई कुटे', ​सिमानाले भनिन् ।

कुटपिटबाट घाइते प्रवीणलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ । उनको खुट्टा र छातीमा चोट लागेको छ ।

यता शिक्षक भट्टले भने सामान्य विवाद भएको भन्दै यसलाई ठूलो बनाउन आवश्यक नरहेको प्रतिक्रिया दिए ।​ 'सम्झाउन खोज्दा खोज्दै भाइले लट्ठी हानी हाल्यो । आफ्नै विद्यार्थी अनि छिमेकी पनि हो, उपचाररत खर्च मैले बेहोर्ने सहमति भएको छ', शिक्षक भट्टले भने ।

salt training

कमेन्ट गर्नुहोस्