०८ साउन २०८३, शुक्रबार

चिनियाँ सामान आयात गर्न तीन सयभन्दा बढी सवारी साधन केरुङ गए

कात्तिक २०, २०७४
चिनियाँ सामान आयात गर्न तीन सयभन्दा बढी सवारी साधन केरुङ गए
रसुवा, २२ असोज : नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रककन्टेनर धमाधम केरुङ जान थालेका छन् । 

बडादशैँयता ३६८ वटा ट्रककन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक।कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो । 

साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक।कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ । 

चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्