
नेपाली कांग्रेसका उपसभापति एवं कानून मन्त्री धनराज गुरुङले नेता व्यापारी र व्यापारी नेता जस्तो बन्दा देशमा भ्रष्टाचार बढेको बताएका छन् ।
आसेपासे पोस्ने (क्रोनी क्यापिटलजिम) प्रवृत्ति नेपाली राजनीतिको रोग रहेको उनले टिप्पणी गरे ।
ललितपुरको गोदावरीमा कांग्रेस महासमिति बैठक उद्घाटन समारोहमा मन्तव्य राख्दै उपसभापति गुरुङले वडा अध्यक्षदेखि मन्त्री बनेका नेताको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
‘नेपाली राजनीतिमा देखिएको क्रोनी क्यापटिजमका कारण व्यापारी नेता र नेता व्यापारी जस्ता देखिए । अबको दिनमा हामीले क्रोनी क्यापिटलजिमको विरुद्ध एक ठाउँमा उभिनु जरुरी छ’ गुरुङले भने, ‘यही कारण आर्थिक सुशासन कायम गर्न सकिरहेका छैनौं । जबसम्म देशमा भ्रष्टाचार रहन्छ फेदमा बसेकालाई टुप्पोमा पुर्याउन सकिँदैन ।’