×

NMB BANK
NIC ASIA

एमाले कैलाली अध्यक्षका प्रत्यासी पाण्डे– ‘यसकारण म बलियो उम्मेदवार हुँ’

कैलाली | फागुन ७, २०८०

NTC
Premier Steels

नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनअन्तर्गत अध्यक्ष पदका उम्मेदवार डेजी पाण्डेले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् ।

Muktinath Bank

आफ्नो पक्षमा ७० प्रतिशतभन्दा बढी प्रतिनिधि रहेको दाबी गर्दै पाण्डेले जीत निश्चित भइसकेको दाबी गरेका हुन् । ‘मेरो जीत निश्चितजस्तै हो । माहोल सबै मेरो पक्षमा छ । अन्य आकांक्षी साथीहरूले चुनाव नलड्दा पनि हुन्छ,’ पाण्डेले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीले अन्तिम समयमा दाबी छाडेर आफूलाई सहयोग गर्ने पाण्डेको विश्वास छ । ‘जोशी सरले अन्तिम समयमा आफ्नो दाबी छाडेर मलाई सहयोग गर्ने सम्भावना छ, यदि त्यस्तो भएमा म झन् बलियो हुन्छु,’ पाण्डेले भने ।


Advertisment
Nabil box
Kumari

एमालेलाई दरिलो शक्ति बनाउन आफू अगाडि सरेको बताउँदै उनले समर्पण भएका पार्टी नेता/कार्यकर्ता र प्रतिनिधिले अगाडि बढ्न सुझाव दिएकाले अघि सरेको बताए ।

Vianet communication

पार्टीको नेतृत्वमा पुगेमा नेता/कार्यकर्ताको विश्वास टुट्न नदिने उनको दाबी छ ।

‘नेकपा एमालेलाई जनताको बीचमा दरिलो शक्ति बनाउन समर्पण भएका कार्यकर्तालाई नेता बनाउनुपर्छ भन्ने कुरामा मेरो जोड रहन्छ । पार्टीको नीति, विचार र कार्यक्रम लागू गर्नका लागि मैले जित्नु आवश्यक छ,’ पाण्डेले भने 

एमालेमा झन्डै तीन दशक बिताइसकेका पाण्डे अहिले राजनीतिसँगै सिर्जनशील कृषि कर्ममा पनि व्यस्त छन् ।

कैलालीको मध्यक्षेत्र सुख्खडमा जारी नवौं जिल्ला अधिवेशनबाट नेतृत्वका लागि पाण्डेसहित यज्ञराज ढुंगाना र दुर्गा जोशीले दाबी गरेका छन् ।

ढुंगाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कार्यबाहक जिल्ला अध्यक्ष र पाण्डे सचिव हुन् । उनीहरू बाहेक कैलाली जिल्ला उप–सचिव ममताप्रसाद चौधरीले पनि अध्यक्ष पदका लागि आकांक्षा देखाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x