
काठमाडौं, २२ असोज — तपाईंलाई फास्टफूड खान मन लाग्छ भने बाहिर जानुभन्दा घरमै बनाएर खान सक्नुहुन्छ । यहाँ हामी तपाईंलाई ब्रेड पिज्जा बनाउन सिकाउँछौं ।

सामग्री
मक्खन आधी चम्चा
गहुँको पीठोबाट बनेको ब्रेड
पिज्जा सस स्वादअनुसार
प्याज स्वादअनुसार
भेडे खुर्सानी
जैतून
मोजारेला चीज
विधि
प्यानमा आधी चम्चा मक्खन तताउनुस् र त्यसमाथि ब्रेड स्लाइस राख्नुस् ।
यसलाई एक मिनेटसम्म दुवैतर्फबाट सेक्नुस् ।
अब त्यसमा स्वादअनुसार पिज्जा सस लगाउनुस् ।
अब त्यसमा स्वादअनुसार प्याज, भेडेखुर्सानी, जैतून र मोजारेला चीज हाल्नुस् ।
अब यसलाई माइक्रोवेभमा पकाउनुस् ।
प्यानमा आधी चम्चा मक्खन तताउनुस् र ब्रेडलाई माइक्रोवेभबाट निकालेर प्यानमा दुई तीन मिनेटसम्म सेक्नुस् ।
ध्यान दिनुस्, ब्रेड स्लाइसको भरिभराउ भाग माथितिर हुनुपर्छ र केही नभएको सादा भाग चाहिँ सेक्ने हो ।
अब त्यसमा धनियाँ आदि छर्नुभए हुन्छ ।
तपाईंको ब्रेड पिज्जा तयार भयो । तात्तातो पस्किनुस् ।
एजेन्सी