
काठमाडौं, २२ भदौ – हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस्’ को नवौं भागको रिलिज मिति सरेको छ । २०१९ मा रिलिज हुने भनिएको फिल्म अब २०२० मा रिलिज हुने भएको हो ।
वेबसाइट एसशोबिज डट कमका अनुसार युनिभर्सल स्टुडियोले फिल्मको नवौं संस्करण १० अप्रैल २०२० मा रिलिज हुने भएको छ । तर किन रिलिज ढिलो सारियो भन्नेबारेमा भने कुनै जानकारी दिइएको छैन ।
यसको नवौं संस्करणको रिलिज मिति सारिए पनि दशौं संस्करणको रिलिज मिति भने यथावत् छ । फिल्मको दशौं संस्करण २ अप्रैल २०२१ मा हुनेछ ।