![महासमिति बैठकमा गगनको दस्तावेज - भविष्यमा हुने निर्वाचनमा कांग्रेस आफ्नै तागतमा एक्लै लड्छ [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Gagan_Thapa_hKlZE31Oew.jpg)
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भविष्यमा हुने आवधिक निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव गरेका छन् ।
एउटा विशिष्ट परिस्थितिमा चुनाव अघि गठबन्धन गरिएकाले त्यो ५ वर्ष नै चल्नुपर्छ भन्नेमा इमान्दार हुनुपर्ने उनको प्रस्ताव छ ।
कांग्रेस महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्तावमा कांग्रेसका मतदातालाई रुखमै मत हाल्न पाउने आस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।
‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं’, गगनको प्रस्तावमा उल्लेख छ ।
सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि थापाले केही लचिलो भएर प्रस्ताव ल्याएका हुन् । यसअघि थापाले चुनाव अघि गठबन्धन नगर्ने अडान प्रस्तावमा राखेका थिए ।
अधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले चुनावी गठबन्धन गर्ने/नगर्ने विषय तत्कालीन परिस्थितिको मूल्याङ्कनका आधारमा गरिने बताएका थिए ।
हेर्नुहोस् गगन थापाको प्रस्तावको पूर्णपाठ