
चौथौं ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता– २०८० सम्पन्न भएको छ ।
नेपाल बालकुमारी क्योकुसिन कराते संघद्वारा ललितपुरको मंगलबजारमा आइतवार शुरू भएको प्रतियोगिता सोमवार सकिएको हो ।
तेस्रो रामजी गुरु स्मृति नगद पुरस्कारका लागि विभिन्न ६ विधा (तौल समूह)मा प्रतिस्पर्धा भएको थियो । प्रथम भएका खेलाडीहरूमध्येबाट गोलाप्रथामार्फत ५५–६० केजी तौलतर्फ पुरुष समूहका सरोज तामाङले जितेका छन् । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
यस्तै ३५–४० केजी तौल महिला समूहमा बालकुमारी डोजोकी साहारा वाइबा प्रथम भएकी छिन् ।
यस्तै दोस्रो अस्मिता श्रेष्ठ बालकुमारी डोजोकै बन्दा मकवानपुर डोजोकी प्रनिसा बुलुनले तेस्रो स्थानमा चित्त बुझाइन् ।
यसैगरी ४५–५० केजी तौल महिला समूहमा मकवानपुर डोजोकै रेशमा थापाले प्रथम स्थान हासिल गरिन् ।
यसै समूहमा कीर्तिपुर डोजोकी सोनिया राई दोस्रो तथा मकवानपुर डोजोकी रश्मि श्रेष्ठ तेस्रो भइन् ।
सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीलाई उचित नगद पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रम पनि भएको थियो ।