१० असार २०८३, बुधबार

रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान, बलाध्यक्ष विभागमा नियुक्त

फागुन ८, २०८०
काठमाडौं
रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान, बलाध्यक्ष विभागमा नियुक्त

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका उपरथी निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मंगलवार प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्राप्त गरेका थापा श्री बलाध्यक्ष विभागमा नियुक्त भएका छन् ।

विक्रम सम्वत् २०२४ असोज २५ गते ललितपुरमा जन्मिएका रथी थापा, २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरेका थिए । यस्तै उनी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी बनेका हुन् ।

थापाले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति र पृतनापतिका साथै, पीएसओज् सचिव, सैनिक सचिव, युद्धकार्य विभागको विभागीय प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवं राष्ट्रिय सुरक्षा परिषद्को सह-संयोजकको जिम्मेवारी सम्हालेका छन् ।

अमेरिका, मलेसिया र रसियामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी थापाले बङ्गलादेशबाट एनडीसी तालिम सम्पन्न गरेका छन् ।

यस्तै, युगोस्लाभिया, इथियोपिया र इरिट्रिया, लेबनान तथा कंगोमा शान्ति सेनामा सहभागी भएका छन् ।

उनलाई नेपाल सरकारले गत माघ २५ गते रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्