१६ असार २०८३, मंगलबार

सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा नेपालले सहभागिता जनाउने

फागुन ८, २०८०
काठमाडौं
सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा नेपालले सहभागिता जनाउने

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा नेपालले यथाशीध्र सहभागिता जनाउने बताएका छन् । 

अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस, २०२४ को सन्दर्भ पारेर आज श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सरोकारवाला निकायसँग थप परामर्श गरी आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र उक्त अभियानमा सहभागी हुन बताए । 
 
मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सामाजिक न्यायको क्षेत्रमा नेपालले हालसम्म गरेका प्रयास, साझेदार निकायसँगको सहकार्य एवं नेपालमा सामाजिक न्याय स्थापनाका लागि विश्वव्यापी साझेदारीका महत्वका विषयमा जानकारी गराएका थिए । 
 
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक र नेपाल कार्यालयका निर्देशक नुमान ओज्कानले नेपाललाई सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा सहभागी हुन आमन्त्रण गरे । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष योगेन्द्र कुँवर तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त साझेदारीमा नेपालको सहभागिता महत्वपूर्ण रहेको बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्