०३ साउन २०८३, आइतबार

सिटीले ब्रेन्टफोर्डलाई हरायो, हालान्डको निर्णायक गोल

फागुन ९, २०८०
काठमाडौं
सिटीले ब्रेन्टफोर्डलाई हरायो,  हालान्डको निर्णायक गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार बिहान सकिएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिङ हालान्डले एकमात्र निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७१ औं मिनेटमा गोल गर्दै सिटीलाई जीत दिलाएका हुन् । 

जितसँगै सिटी २५ खेलबाट ५६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्