२६ जेठ २०८३, मंगलबार

चीनको दक्षिणी भागमा तापक्रम घट्यो, बेइजिङमा हिउँ पर्‍योः विज्ञले दिए चेतावनी

फागुन ९, २०८०
काठमाडौं
चीनको दक्षिणी भागमा तापक्रम घट्यो, बेइजिङमा हिउँ पर्‍योः विज्ञले दिए चेतावनी
फाइल तस्वीर ।

बेइजिङ–चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधवार गम्भीर मौसमी चेतावनी दिइएको छ । 

अधिकारीहरूले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको ‘अरेन्ज चेतावनी’ जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम शुक्रवार ६ देखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ । 

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी)ले केही क्षेत्रमा तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने सामाजिक सञ्जालमा बताएको छ । 

सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली तथा जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ । 

बुधवार तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ । मानिसहरूले बिहान उठ्दा राजधानी सेतो रङले ढाकिएको देखेका थिए । 

शहरका राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् । 

नगरपालिकाका अधिकारीहरूले केही उपनगरीय क्षेत्रमा चार दशमलव एक सेन्टिमिटरसम्म हिमापात भएको बताएका छन् । उनीहरूले हिउँ परेका सडकहरूमा चेतावनी जारी गरेका छन् ।

‘आफ्नो भ्रमण कम गर्नुहोस्, सार्वजनिक बस र सबवेको प्रयोग गर्नुहोस् र आफ्ना कारहरूलाई विस्तारै चलाउनुहोस्, सुरक्षामा ध्यान दिनुहोस्,’ शहर सरकारले मङ्गलवार साँझ अनलाइन विज्ञप्तिमा बासिन्दाहरूलाई सिफारिस गर्दै भनेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्