मुम्बई, २३ असोज – अमिताभ बच्चन यही ११ अक्टोबरमा ७५ बर्ष पुग्दैछन् । तर उनले केही दिन अघि मात्रै यस बर्ष बर्थ डे नमनाउने बताएका थिए ।

उनका शुभचिन्तकहरुलाई लागेको थियो कि अमिताभले यसबर्ष आफ्नो ७५ औं जन्मदिन धूमधामसहित मनाउनेछ तर उनले यस बर्ष बर्थ डे नमनाउने प्रष्ट पारेका छन् ।
उनले यस बर्ष बर्थ डे र दीपावली दुइटै नमनाउने निर्णय गर्नुका पछाडी कारण खुलेको छैन् । यस बर्ष अभिताभकी बुहारी ऐश्वर्या रायका पिताको देहान्त भएको थियो ।
यसै कारण पनि अमिताभले बर्थ डे र दीपावली नमनाउने निर्णय गरेको अनुमान गरिएको छ । उनले आफ्नो ब्लगमा यस बर्ष बर्थ नमनाउने घोषणा गरेका थिए । उनले बर्थडेको बेला मुम्बइमा नहुने पनि बताएका छन् ।
अमिताभले बर्थ डे नमनाउने बताएपछि पनि परिवारले उनको बर्थ डे मनाउने तयारी गरिरहेको भनि मिडियाले समाचार प्रसारित गरिरहेको थियो । तर अमिताभले यस कुरालाई अस्वीकार गर्दै यस बर्ष बर्थ डे नमनाउने प्रष्ट पारेका छन् ।
एजेन्सी