०१ असार २०८३, सोमबार

अचम्मको होटलः डिभोर्स भए पुरै पैसा फिर्ता !

कात्तिक २०, २०७४
अचम्मको होटलः डिभोर्स भए पुरै पैसा फिर्ता !

कुनै होटमा गएर मानिस डिभोर्स गरेर फर्कन्छन् । अथवा त्यहाँ जाने जो सुकैको पनि डिभोर्स हुन्छ र त्यसका लागि होटलले नै वकिलहरुको व्यवस्था गरेको हुन्छ । तर स्विडेनमा यस्तो होटल खुलेको छ जहाँ बसेका जोडीको सम्बन्ध विच्छेद भएमा होटलले माफी माग्दै होटलमा बस्दा भएको खर्चको सम्पूर्ण रकम फिर्ता गर्छ ।


स्वीडिस होटल चेनले आफ्नो होटलमा आउने सबै पाहुनाले सँगै काम गर्दै खुशियाली जिन्दगी बिताउन् र सम्बन्धमा कुनै त्यस्तो खट्पट् नहोस् भनेर ‘सम्बन्ध ग्यारेण्टि सुविधा’ अन्तर्गत रकम फिर्ता दिने घोषणा गरेको हो ।

स्वीडिस संचारमाध्यमका अनुसार होटलमा बसेको एक वर्षसम्म सम्बन्धमा ग्यारेण्टिसहितको सेवा सुविधा दिइने छ । यदि होटलमा बसेको विवाहित जोडीको एक वर्षभित्र सम्बन्ध बिच्छेद भए होटलले माफीसहित उक्त होटलमा बसेको शुल्क फिर्ता गर्नेछ ।

तर, होटल चेनले यो सुविधा भने दुई रात तीन दिन बस्ने जोडीलाई मात्र भएको उल्लेख गरेको छ ।

होटलमा बस्न आएका पेत्रा फगरेल जान्सनले यो निकै महँगो सुविधा भएको बताइन् । उनले भनिन्, ‘सम्बन्धमा आउने खट्पट् सुधार्न समय महत्वपूर्ण हुन्छ । त्यो समय होटलको रमाइलो वातावरणमा रमाउँदा सम्बन्धमा अवश्य केही नयाँपन आउन सक्छ ।’

चेन होटेलले आफ्नो होटलमा बसेको मितिले एक वर्षभित्र सम्बन्ध बिच्छेद भए अदालतको प्रमाणपत्रसहित ‘सम्बन्ध ग्यारेण्टि सुविधा’ अनुसार होटलमा भएको सम्पूर्ण खर्च फिर्ता दिइने उल्लेख गरेको छ ।

होटलका बजार ब्यवस्थापक एना म्याडसेनले स्थानीयहरु होटलको यस्तो सुविधा थाहा पाएर अचम्म मानेको बताएकी छिन् । 
एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्