३० जेठ २०८३, शनिबार

स्याललाई हानेको गोली मानिसलाई लागेपछि

कात्तिक २०, २०७४
स्याललाई हानेको गोली मानिसलाई लागेपछि


सिन्धुली, २२ असोज - गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित आज पक्राउ गरेको छ ।gun

गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए ।

नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको शर्माले बताए । बन्दुकको छर्रा लागेर श्रेष्ठको हातमा चोट लागेको छ । उनको उपचार भइरहेको छ । नेपालीलाई हातहतियार खरखजाना ऐनअनुसार कारबाही गरीने शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्