१६ असार २०८३, मंगलबार

७० लाखको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

फागुन १४, २०८०
काठमाडौं
७० लाखको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

पर्साको विरगंज महानगरपालिका-२५ बाट सशस्त्र प्रहरीले लाखौ रूपैयाँको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । ७० लाख रुपैयाँ बराबरको शंकास्पद बिलबिजक भएको लत्ताकपडा शनिबार राति नियन्त्रणमा लिइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोडगरी ल्याउँदै गरेको लत्ताकपडाको बिलविजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको उनले बताए ।

कपडा र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्