११ असार २०८३, बिहीबार
सुन तस्करी प्रकरण

१४ किलो सुन प्रकरण: कलेज सञ्चालक गुरुङ पक्राउ

फागुन १४, २०८०
काठमाडौं
१४ किलो सुन प्रकरण: कलेज सञ्चालक गुरुङ पक्राउ

१४ किलोग्राम सुन प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । 

उनलाई आज बिहान सामाखुशीबाट पक्राउ गरिएको सीआईबीका सहप्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । 

प्रहरीले २१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।

गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्