२० असार २०८३, शनिबार

तीन विषयमा सरकारको जवाफ माग्दै राप्रपाले दियो संसद् अवरोध गर्ने चेतावनी

फागुन १४, २०८०
काठमाडौं
तीन विषयमा सरकारको जवाफ माग्दै राप्रपाले दियो संसद् अवरोध गर्ने चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुग्ध किसानको माग सम्बन्धमा संसद्‌मा सरकारको जवाफ माग गरेको छ । 

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले तीन विषयमा सरकारले चित्तबुझ्दो जवाफ नआए संसद्‌को आगामी बैठक अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । 

‘मिटरव्याज पीडित, लघुवित्त पीडित र दुग्ध किसानको माग सम्बोधन नभए राप्रपा संसद् र सरकार दुवैतर्फ अडिन्छ,’ लिङदेनले भने । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्वहारा वर्गको अवस्था कस्तो छ भनेर बुझ्न भृकुटीमण्डप र सिफलमा आएर बसेका पीडितलाई हेर्न चुनौती दिए ।

salt training

कमेन्ट गर्नुहोस्