२३ जेठ २०८३, शनिबार

प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय

फागुन १४, २०८०
काठमाडौं
प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय

सरकारले सर्लाहीमा गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सर्लाहीको वरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई आर्थिक सहयोग स्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिइन् ।

गत पुस २० गते प्रहरीसँगको झडपमा गोली लागेर साहको निधन भएको थियो ।

स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने वा नबनाउने भन्ने विषयमा बढेको विवादपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्