२९ जेठ २०८३, शुक्रबार

पूर्वी टर्किएमा खानी भत्कियो, फसेका ४ जना कामदारको उद्धार

फागुन १४, २०८०
काठमाडौं
पूर्वी टर्किएमा खानी भत्कियो, फसेका ४ जना कामदारको उद्धार

 टर्किएको पूर्वी प्रान्त एलाजिगमा सोमबार क्रोमाइट खानी भत्किँदा थुनिएका  सबै कामदारहरूलाई उद्धार गरेको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले जनाएको छ।
 के कारणले खानी भत्किएको हो भन्ने यकिन भइसकेको छैन।
खानी भत्किँदा माटोमुनि फसेका ४ जना कामदारको उद्धार गरिएको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जनाएको छ ।
एलाजिगका गभर्नर ओमर तोरामारल घटनाको अनुसन्धान शुरु गरिएको बताउनु भएको छ।
फेब्रुअरी १३ मा पूर्वी प्रान्त एर्जिनकानमा रहेको सुन खानीमा पहिरो जाँदा नौ जना कामदार फसेका थिए। उद्धार टोली अझै फसेका कामदारहरूसम्म पुग्न सकेको छैन।
पछिल्लो समय टर्किएमा खानी सुरक्षाको बारेमा बहस शुरु भएको छ। उत्तरी ओर्डु प्रान्तमा, स्थानीय अदालतले स्थानीय वातावरणीय संघहरूले दायर गरेको मुद्दामा अल्टिनटेप खानी कम्पनीको इजाजतपत्रको लागि दिइएको समय विस्तार रद्द गरेको थियो ।
सो कम्पनीले सन् २०१५ देखि ओर्डुको फत्सा जिल्लामा सुन र चाँदीको खोजी गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्