०५ साउन २०८३, मंगलबार

गरिबी हटाउन पाकिस्तानले चिनियाँ मोडेल अपनाउनु पर्छ– राष्ट्रपति अल्वी

फागुन १५, २०८०
काठमाडौं
गरिबी हटाउन पाकिस्तानले चिनियाँ मोडेल अपनाउनु पर्छ– राष्ट्रपति अल्वी

इस्लामाबाद–पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले गरिबी, कुपोषण, वृद्धावस्था र मातृ एवं नवजात शिशुको मृत्युको चुनौतीसँग लड्नका लागि मिलेर काम गर्न राष्ट्रलाई आह्वान गरेका छन् । 

आइतवार इस्लामाबालमा आयोजिक एक कार्यक्रममा उनले मुलुकमा दुई करोड ६० लाख बालबालिका विद्यालय बाहिर रहेको उल्लेख गरे । 

उनले चीनले स्वास्थ्य र शिक्षा क्षेत्रमा ध्यान केन्द्रीत गरेको भन्दै करिब ८० करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । राष्ट्रपति अल्वीले पाकिस्तानले पनि सोही मोडेल पालना गर्नुपर्नेमा जोड दिए ।

मुलुकको विकासमा महिलाको भूमिकामाथि प्रकाश पार्दै उनले पाकिस्तानमा महिला सशक्तीकरणको लक्ष्यलाई प्राप्त गर्न उनीहरूका लागि स्वास्थ्य र शिक्षा सुविधाहरूको प्रावधान महत्त्वपूर्ण तत्व भएको बताए । 

उनले महिलाहरूलाई श्रमशक्तिमा सामेल गरी र उनीहरूलाई मुलुकको आर्थिक वृद्धिमा योगदान दिनका लागि सुरक्षित कामकाजी वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्