०८ साउन २०८३, शुक्रबार

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० श्रृंखला पनि एक्सन स्पोर्टसमा

फागुन १५, २०८०
काठमाडौं
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० श्रृंखला पनि एक्सन स्पोर्टसमा

नेपाल क्रिकेट संघ क्यान (क्यान)को आयोजनामा आजदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० क्रिकेट त्रिकोणात्मक श्रृंखला हुँदैछ । 

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी उक्त टी–२० श्रृंखला डिसहोमको एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । 

पछिल्लो समय नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू प्रत्यक्ष प्रशारण गरिरएको डिसहोमले त्रिकोणात्मक टी–२० श्रृंखला पनि प्रशारण गर्ने सोमवार जानकारी गराएको हो ।

एक्सन स्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको श्रृंखलाका साथै आईसीसी विश्वकप लिग–टूको पहिलो त्रिकोणात्मक एकदिवसीय श्रृंखला पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

टी–२० श्रृंखलाअन्तर्गत आज नेपालले नामिबियासँग खेल्दैछ । यो खेल त्रिवि मैदानमा बिहान ११ः३० मा शुरू हुनेछ ।

यस्तै नेपालले बुधवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यसैगरी बिहीवार नामिबिया र नेदरल्याण्ड्स भिड्दा शुक्रवार नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । 

त्यसैगरी नेपाल र नेदरल्यान्ड्सको दोस्रो भेट शनिवार हुनेछ । तीनमध्ये शीर्ष दुईले उपाधिका लागि आइतवार खेल्ने छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्