२५ जेठ २०८३, सोमबार

एमालेको गल्ती कांग्रेसले दोहोर्‍याउने ?

कात्तिक २०, २०७४
एमालेको गल्ती कांग्रेसले दोहोर्‍याउने ?

वाम गठबन्धनका नाममा प्रतिक्रियात्मक भई लोकतान्त्रिक गठबन्धन बनाउन र एमालेको पराजित मानसिकताबाट प्रभावित हुन कांग्रेसलाई आवश्यक नभएको आजको कान्तिपुरमा राधेश्याम अधिकारीले विचार लेखेका छन् ।
congress
उनले लेखेका छन् - एमाले–माओवादी केन्द्र लगायतको चुनावी गठबन्धनबाट एमाले निर्वाचनमा पहिलो चरणमा नै पराजित भइसकेको छ । एक्लै बहुमतको सपना बाँडिरहेको एमालेले हठात् माओवादी केन्द्रसंँग ६०–४० प्रतिशत (त्यो पनि अन्य तालमेल गर्ने राजनीतिक दलहरूलाई छुट्याएपछि) को हिसाबले सिट भागबन्डा गर्ने निर्णयले एमालेलाई संकुचनमात्रै हैन, राजनीतिक हिसाबले अन्दाजै गर्न नसकिने मूल्य चुकाउनुपर्ने निश्चित छ ।

वाम गठबन्धनका नाममा प्रतिक्रियात्मक भई लोकतान्त्रिक गठबन्धन बनाउन आवश्यक छैन, बनाउनु हुँदैन । कांग्रेस प्रतिरक्षात्मक भएर होइन कि एक भएर स्पष्ट राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणसहित जनतामा जानुपर्छ । एमालेको पराजित मानसिकताबाट प्रभावित हुन कांग्रेसलाई आवश्यक छैन ।

salt training

कमेन्ट गर्नुहोस्