
जिल्ला प्रहरी कार्यालय बाराले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म ७ सय ७९ वटा उजुरीमा मिलापत्र भएको जनाएको छ ।
प्रहरीले गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन शुरू गरेको थियो । जसमा ३ हजार ३ सय २२ वटा उजुरी दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले गत वैशाख १७ गतेदेखि हालसम्म ७ सय ७९ वटा उजुरीमाथि छलफल, समन्वय, सहकार्य गरी मिलापत्र गराइएको जानकारी दिए ।
उनका अनुसार कुल २३ करोड ९२ लाख ३१ हजार ७ सय ८२ रुपैयाँ बराबरको दाबी उजुरी परेकोमा हालसम्म विभिन्न माध्यमबाट सहमति, मिलापत्रमार्फत रु १५ करोड ११ लाख ३७ हजार ४ सय ११ को टुङ्गो लगाइएको छ ।