२८ जेठ २०८३, बिहीबार

सचिव लम्साल र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

फागुन १५, २०८०
काठमाडौं
सचिव लम्साल र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

नेपालकी परराष्ट्र सचिव सेवा लम्साल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भारतको राजधानी नयाँ  दिल्लीमा भेटवार्ता भएको छ । 

भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको र नेपाल भारत सम्बन्धको विभिन्न पक्षमा सुधार भएकोमा आफू खुसी भएको मन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत जानकारी दिएका छन् । 

एक्समा एक पोस्ट गर्दै जयशंकरले भनेका छन्, ‘नेपालकी परराष्ट्र सचिव सेवा लम्साललाई स्वागत गर्न पाउँदा खुसी छु । नेपाल-भारत सम्बन्धका धेरै पक्षहरूमा सुधार भएको सुन्न पाउँदा खुसी लागेको छ ।’

भारतको पुणेमा २९ फेब्रुअरीदेखि २ मार्चसम्म आयोजना हुने आठौं एसिया इकोनोमिक डायलग (एईडी–२०२४) मा सहभागी हुन सचिव लम्साल मंगलबार भारत पुगेकी हुन् ।

मन्त्रालयका अनुसार उनी आठौं एसिया इकोनोमिक डायलग उद्घाटन सत्रमा सहभागी हुनेछिन् भने दिल्लीमा अन्य उच्च पदस्थ भेटघाट पनि गर्नेछिन् ।

salt training

कमेन्ट गर्नुहोस्