३० जेठ २०८३, शनिबार

४ जना मृतावस्थामा फेला

फागुन १५, २०८०
काठमाडौं
४ जना मृतावस्थामा फेला

 विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका-४ कालीपुलस्थित नहरमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्र बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाको अनुसन्धान एवम् सोधपुछको लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी जुम्लाको गुठिचौर गाउँपालिका-२ बस्ने ५६ वर्षीय मुन बहादुर बुढा सोही ठाउँस्थित कुडिसेन्टर खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  यस्तै     ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ तम्बे बस्ने ३७ वर्षीय लक्ष्मी राज लिम्बु पनि सोही ठाउँस्थित सल्ले जंगलको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 
यसैगरी  चितवनको भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क पछाडी नारायणी नदीको तिरमा तनहुँ देवघाट गाउँपालिका-५ बस्ने ५१ वर्षीया सारदा पौडेल मंगलबार मृत अवस्थामा फेला परेकी छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्