२६ जेठ २०८३, मंगलबार

हर्कले हाँकेको धरानले वडाको बजेट संशोधन गर्ने

फागुन १५, २०८०
सुनसरी
हर्कले हाँकेको धरानले वडाको बजेट संशोधन गर्ने

वडाको बजेट संशोधन गर्नेलगायतका निर्णय पारित गर्दै सुनसरीको धरान उपमहानगरपालिकाको १०औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । 

बैठकमा नगरप्रमुख हर्कराज राई, उपप्रमुख आइन्द्रविक्रम बेघा तथा वडाध्यक्षबीच विवाद भएपछि बैठक केही समय रोकिएको थियो । आज दिउँसो बसेको बैठकमा सहमति जुटेको हो । कार्यपालिका बैठक सकिएपछि नगरसभा बैठक सुरु भएको छ । 

कार्यपालिका बैठकमा उपमहानगरपालिकाका विभिन्न वडागत र महाशाखागत बजेट रकमान्तरण (संशोधन) प्रस्ताव पेश गरिएको थियो । त्यस्तै गत वैशाख ३१ गतेको कार्यपालिका बैठकबाट स्वीकृत खरिद गुरुयोजनालाई संशोधन गरेर योजना तथा इन्जिनियरिङ महाशाखाबाट तयार भई पेश भएको संशोधित खरिद गुरु योजना स्वीकृत गर्ने प्रस्ताव पेश गरिएको थियो । त्यस्तै न्यायिक समितिसम्बन्धी कार्यविधि ऐन पनि संशोधन प्रस्ताव गरिएको थियो ।

बैठकमा उपप्रमुख बेघाले विभिन्न विषयगत समितिबाट आएका प्रतिवेदन प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा प्रमुख राईले आफूलाई जानकारी नदिई प्रस्ताव ल्याएको भन्दै असहमति जनाएपछि विवाद उत्पन्न भएको थियो । प्रमुख राईले  आफ्नो जानकारी बिना आएको प्रस्ताव स्वीकार्य नहुने बताएपछि उपप्रमुख बेघाले कानुनबमोजिम र प्रक्रियाअनुसार विषयगत समितिमार्फत आएको प्रस्तावलाई पेश गरिएको बताए । 

कार्यपालिकाबाट पारित भएका विषयमा नगरसभामा छलफल जारी रहेको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्