
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिन पाइने छ ।
पहिलो पटक बुक बिल्डिङमार्फत् सर्वसाधारणलाई आइपीओ जारी गरेको कम्पनीको आइपीओमा मंगलबार साँझसम्म १० गुणा बढी आवेदन परिसकेको छ ।
सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत् सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।