०१ साउन २०८३, शुक्रबार

जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्दै निसान

फागुन १६, २०८०
काठमाडौं
जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्दै निसान

टोकियो– निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा शुरू गर्ने भएको छ ।

कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण शुरू गर्ने जनाएको छ ।

निसानले एक विज्ञप्तिमा भनेको छ, ‘वृद्ध जनसंख्याको कारण जापानका स्थानीय समुदायले गाडी चालकको कमीलगायत धेरै गतिशीलता चुनौतीहरूको सामना गरिरहेका छन् ।’

‘नयाँ सेवाहरूको विस्तृत दायरा प्रदान गर्न र निः शुल्क आवागमन सुनिश्चित गर्न कम्पनीमा स्थानीय अधिकारीहरू र यातायात सञ्चालकहरूसँग काम गर्ने योजना बनाएको छ,’ कम्पनीले भनेको छ ।

निसानले सन् २०१७ देखि जापान र विदेशमा ‘सेल्फ ड्राइभिङ मोबिलिटी’ सेवाका लागि व्यावसायिक नमूनाको परीक्षण गरिरहेको जनाएको छ ।

गत वर्ष यसको प्रतिद्वन्द्वी होन्डा, अमेरिकी विशाल कार कम्पनी जनरल मोटर्स र जीएमको अटोनोमस ड्राइभिङ युनिट क्रुजले संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका थिए । 

उनीहरूले सन् २०२६ को सुरुमा जापानमा चालकविहिन सवारी सेवा शुरू गर्नेछन् ।

टोयोटाले यसै वर्षको अन्त्यतिर टोकियोको सीमित क्षेत्रमा लेभेल–४ सवारी सेवा शुरू गर्ने योजना बनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्