
त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
आरिफ शेख ३४ रन बनाएर आउट भएका छन् । नेपालले ८.१ ओभरमा ६५ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।
यसअघि नेपालका ओपनर ४ बल खेल्दै शून्य रनमा आउट भएका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालले १८५ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसअघि नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए । यस्तै, सीब्राण्ड इङगेल्ब्रेच्टले ४९ र स्कट इडवार्डले ३३ रन बनाए ।
नेपालका लागि करण केसी र कुशल मल्लले एक-एक विकेट लिए । दुईजना भने रन आउट भएका थिए ।
मंगलवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।