×

NMB BANK
NIC ASIA

नेदरल्यान्ड्ससँग नेपाल २ रनको झिनो अन्तरले पराजित

काठमाडाैं | फागुन १६, २०८०

NTC
Premier Steels

त्रिदेशीय टी–२० श्रृंखला​अन्तर्गत नेदरल्यान्ड्ससँग नेपाल झिनो अन्तरले पराजित भएको छ ।

Muktinath Bank

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपाल २ रनको झिनो अन्तरले पराजित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१८५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले पूरै ओभर खेलेता पनि लक्ष्यमा पुग्न सकेन । उसले ८ विकेट गुमाएर १८२ रन बनाएको हो ।


Advertisment
Nabil box
Kumari

यसरी नेपाल जीतनजिक पुगेर पनि २ रनले पराजित भएको हो । जीतका लागि नेपालका ब्याटरले अन्तिमसम्म पनि प्रयास गरेका थिए । तर सफल भएनन् । 

Vianet communication

दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतक बनाए पनि त्यो नेपालको जीतका लागि पर्याप्त भएन ।

दीपेन्द्रले ३४ बलमा ६३ रन बनाए भने रोहितले ३६ बलमा ५० रन जाेडे ।

null

यस्तै, आरिफ शेखले ३४, करण केसी र कुशल मल्लले समान ११ र सन्दीप जोराले ८ जोडे । नेपालका ४ जना ब्याटरले खाता खोल्न सकेनन् । जसमा कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा र प्रतिश जीसी छन् । गुल्सन र प्रतिश भने अविजित रहे ।  

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । यस्तै,  सीब्राण्ड इङगेल्ब्रेच्टले ४९ र स्कट इडवार्डले ३३ रन जोडे । 

नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । २ जना भने रनआउट भएका थिए । 

मंगलवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेपालको घरेलु भूमिमा यो दोस्रो खेलमा शतप्रतिशत हार हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x