०८ साउन २०८३, शुक्रबार

फिलिपिन्समा आगलागीबाट दर्जनभन्दा बढी घर जलेः एकै परिवारका ४ जनाको मृत्यु, ८ घाइते

फागुन १६, २०८०
काठमाडौं
फिलिपिन्समा आगलागीबाट दर्जनभन्दा बढी घर जलेः एकै परिवारका ४ जनाको मृत्यु, ८ घाइते

मनिला–मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको स्थानीय अग्निनियन्त्रकले बुधवार बताएका छन् । 

स्थानीय समयअनुसार मंगलवार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताएका छन् । 

आगलागीबाट बाँचेकी एक छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा आगलागीमा आमाबाबु र दुई भाइहरूको मृत्यु भएको बताइन् । 

उनले भनिन्, ‘बुवा, आमा र दुई भाइ घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्य तल्लो तलामा सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ ।’

आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् । 

आवासीय क्षेत्रमा द्रूत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्