२९ जेठ २०८३, शुक्रबार

अफगानिस्तानको कुन्दुज प्रान्तमा एक वर्षमा विस्थापित १२ हजार परिवार पुनः स्थापित

फागुन १६, २०८०
काठमाडौं
अफगानिस्तानको कुन्दुज प्रान्तमा एक वर्षमा विस्थापित १२ हजार परिवार पुनः स्थापित
तस्वीर साभारः alamy.com

कुन्दुज– उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा एक वर्षमा विस्थापित करिब १२ हजार शरणार्थी परिवारहरूलाई पुनः स्थापित गरिएको अफगानी शरणार्थीमामिला व्यवस्थापनका लागि स्थापित प्रान्तीय कार्यालयले जनाएको छ । 

विगत एक वर्षमा करिब १२ हजार परिवारहरूलाई कुन्दुजमा पुनः स्थापना गरिएको उक्त कार्यालयका प्रमुख मावलवी अब्दुल वली मोहम्मदीले बताएका हुन् ।

उनका अनुसार विभिन्न देशहरूबाट फर्केका पूर्व शरणार्थीहरूमध्ये अधिकांश इरान र पाकिस्तानबाट फर्केका अफगानी नागरिक हुन् । 

स्थानीय अधिकारीको सहायता निकायसँगको समन्वयमा दुई हजार परिवारलाई नगद, खाना र कपडासहित सहयोग गरेको उनले बताए । 

फर्केका मानिसहरूलाई घर निर्माणका लागि थप आपूर्ति र जग्गा उपलब्ध गराउने प्रयास भइरहेको सरकारी अधिकारीले बताएका छन् । 

गत वर्ष करिब १० लाख अफगान शरणार्थी फर्केका थिए र उनीहरूमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानबाट फर्केका थिए । 

अफगान कार्यवाहक सरकारले विदेशमा बसोबास गर्ने अफगान शरणार्थीहरूलाई घर फर्कन र आफ्नो मातृभूमिको पुनः र्निर्माणमा योगदान गर्न प्रोत्साहित गरेको मोहम्मदीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्