३१ असार २०८३, बुधबार

ईपीजीको प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ - प्रधानमन्त्री

फागुन १६, २०८०
काठमाडौं
ईपीजीको प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ - प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह (ईपीजी) को प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको बताएका छन् ।​

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले सो प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिएका हुन् ।

प्रतिवेदन बुझ्न भारतले आनाकानी गर्दै आएकाले बैठकमा सांसदहरूले चासो राखेका थिए । ​

सांसदहरूको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्