२१ असार २०८३, आइतबार

अब अमेरिकामा लुक्न गाह्रो, ट्रम्पले ल्याए कडा आप्रवास नीति

कात्तिक २०, २०७४
अब अमेरिकामा लुक्न गाह्रो, ट्रम्पले ल्याए कडा आप्रवास नीति

काठमाडौं, २३ असोज — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध आप्रवासन रोक्नका लागि कंग्रेससमक्ष ७० बुँदे योजना पेश गरेका छन् । ह्वाइट हाउसले पेश गरेको प्रस्तावमा अमेरिकी कानूनका छिद्रहरूलाई दुरुपयोग गर्दै त्यहाँ छिर्न खोज्नेलाई रोक्न कानून पुनर्लेखन गर्ने समेत उल्लेख छ ।


ट्रम्पले सीमामा पर्खाल लगाउन गरेको आह्वान, डिपोर्टेसन गराउने एजेन्टहरूमा वृद्धि, शरण दिने शहरहरूमाथि छापामारी र शृंखलाबद्ध आप्रवासनमा कडाइहरू यस योजनामा परेका छन् ।

यो योजनाले संघीय एजेन्टहरूलाई सीमामै आप्रवासीहरू रोक्नका लागि थप छुट दिन्छ । त्यस्ता अवैध आप्रवासीलाई सीमाभित्र देख्नेबित्तिकै पक्राउ गरेर थुन्न अनि तिनीहरूलाई छिट्टै डिपोर्ट गर्न एजेन्टहरूलाई छुट छ । ह्वाइट हाउसका अनुसार, सीमा सुरक्षा, कानून पालना र वैध आप्रवासन प्रणालीका लागि यी सबै व्यवस्था आवश्यक भएको बताएको छ ।

द वाशिङटन पोस्टबाट

salt training

कमेन्ट गर्नुहोस्