२२ जेठ २०८३, शुक्रबार

आमिरले खानले भने, अमिताभ बच्चनजस्तो ‘स्टारडम’ असम्भव

कात्तिक २०, २०७४
आमिरले खानले भने, अमिताभ बच्चनजस्तो ‘स्टारडम’ असम्भव

मुम्बई – आमिर खान आजभोलि महानायक अमिताभ बच्चनसँग ‘ठग्स अफ हिन्दुस्तान’ मा साथै काम गरिरहेका छन् र उनी अमिताभ बच्चनका प्रसंशक पनि हुन् । खान यतिबेला आफ्नो फिल्मको प्रचारमा पनि जुटेका छन् । उनको फिल्म १९ अक्टोबरमा रिलिज हुँदैछ ।

जब फिल्मको प्रचारको दौरान उनले अमिताभ बच्चनका बारेमा सुनाउँछन्, आफूले अमिताभसँग काम गर्दा धेरै खुशी लागेको पनि बताउँदै आएका छन् । ‘मिस्टर बच्चनलाई सिनेमाघरमा देख्नु, उनको अभिनय, आभालाई देख्नु पनि एक सन्तुष्टिदायक अनुभव हो’, उनले भनेका छन् । अमिताभ बच्चनको फिल्ममध्ये कुनै एक उत्कृष्ट चुन्नु पनि उत्तिकै गाह्रो काम हो । ‘मलाई लाग्छ, अमिताभ बच्चनजस्ता स्टारडम फेरि बनाउन सकिन्न, कल्पना गर्नुस्, एक समय थियो, उनका सात फिल्म सिनेमाघरमा महिनौंसम्म चलिरहेका हुन्थे ।’, उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्