
काठमाडौं, २३ असोज — सुतेर पनि कहीँ साइकल चलाउन मिल्छ र ? तपाईंको मनमा यो प्रश्न आउँछ । तर यस्तो खालको साइकल अहिले अमेरिकामा सार्वजनिक भएको छ ।

क्यालिफोर्नियामा एउटा यस्तो साइकल आविष्कार भएको छ जसलाई घोप्टो परेर पनि चलाउन सकिन्छ । यो सुपरसाइकल ७३ किलोमिटर प्रतिघन्टाको गतिमा गुड्न सक्छ ।
बर्ड अफ प्रे बाइसाइकलको मूल्य चार हजार ८०० डलर अर्थात् चार लाख रुपैयाँभन्दा बढी छ । यतिमा त एउटा स्पोर्ट बाइक नै किन्न सकिन्छ ।
यो साइकल डिजाइन गर्ने व्यक्तिको भनाइअनुसार, सामान्य रेसिङ साइकलहरूमा एयरोडाइनामिक्सको कमी हुन्छ ।

शरीर मास्तिर ठाडो अवस्थामा हुँदा हावाको दबाबले स्पीड कम गर्छ । त्यसैले शरीरबाट हावा कटाएर अत्यधिक स्पीड पाउनका लागि आफूले यो साइकल बनाएको उनी बताउँछन् ।
एजेन्सी