१७ असार २०८३, बुधबार

आफ्ना नेता किमलाई अमेरिकाले हत्या गर्ने षड्यन्त्र बनाएको उत्तर कोरियाको दाबी

कात्तिक २०, २०७४
आफ्ना नेता किमलाई अमेरिकाले हत्या गर्ने षड्यन्त्र बनाएको उत्तर कोरियाको दाबी

काठमाडौं, २३ असोज — उत्तर कोरियाले यसै वर्षको मे महिनामा किम जोङ–उनको हत्याको षड्यन्त्र अमेरिकाले रचेको र उक्त देश नै ‘आतंकवादको प्रमुख दोषी’ रहेको आरोप लगाएको छ ।


उत्तरले प्रायः अतिरञ्जित बयानहरू दिइरहेको हुन्छ । यसैक्रममा उसले दिएको ताजा बयानमा अमेरिकी हस्तक्षेपका कारण ‘अन्तर्राष्ट्रिय आतंकवाद अहिलेसम्म निर्मूल हुन नसकेको’ बताएको छ ।

गत शुक्रवार कोरियन सेन्ट्रल न्युज एजेन्सीले प्रकाशित गरेको बयानअनुसार, किमलाई अपदस्थ गर्ने अमेरिकी प्रयासलाई आफूहरूले असफल बनाएको उल्लेख छ ।

आतंकवादविरुद्धको युद्धको बहाना बनाएर वाशिङटनले आफूलाई मन नपरेका सरकारहरू गिराउने प्रयास गरेको उत्तर कोरियाले आरोप लगायो ।

‘यसै वर्षको मे महिनामा खतरनाक आतंकवादीहरूको एक दस्ता सीआईएको निर्देशनमा हाम्रो देशभित्र घुस्यो र हाम्रो सर्वोच्च नेताको कार्यालयमा पसेर जैविक तथा रासायनिक आक्रमण गर्नै लाग्दा हामीहरूले उनीहरूलाई पक्रियौं,’ केसीएनएले लेख्यो ।

अमेरिका र दक्षिण कोरियाले ‘प्लान जुपिटर’ नामक षड्यन्त्र बुनेर किमलाई अपदस्थ गर्न खोजेको आरोप उत्तर कोरियाले लगाउँदै आएको छ ।

तर यो दाबीलाई हालसम्म स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन ।

एजेन्सी

कमेन्ट गर्नुहोस्