
काठमाडौँ, २८ पुस - वन तथा भूसंरक्षण मन्त्रालयले भूकम्पपीडितलाई सहज रुपमा काठ दाउरा उपलब्ध गराउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
वनमन्त्री शङ्कर भण्डारीले भूकम्पपीडितलाई सहज रुपमा काठ दाउरा उपलब्ध गराउन गठित कार्यदलको प्रतिवेदन आज पारित गरी सो निर्देशन दिएका हुन् । मन्त्रालयले मुलुकभित्रको काठ प्रवद्र्धनका लागि ‘विदेशी काठ आयात हुने मापदण्ड, २०७३’ समेत पारित गरेको छ । त्यस्तै वन अनुसन्धान रणनीति, २०७३ स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र वन विभागबीच वैकल्पिक ऊर्जाको प्रवद्र्धन र वन तथा वातावरणको व्यवस्थापनमा समन्वय तथा साझेदारी गर्न वन विभागलाई सहमति प्रदान गरेको छ ।