
काठमाडौं, २३ असोज — बिजनेस क्याटेगोरीका फोनहरूका लागि संसारभरि प्रसिद्धि कमाएको ब्ल्याकबेरी कम्पनीले नयाँ मोसन स्मार्टफोन सार्वजनिक गरेको छ ।

इलेक्ट्रिक कम्पनी टीसीएलमार्फत रिलिज भएको फोन दुबईमा पहिलोचोटि सार्वजनिक गरिएको हो ।
यसको मूल्य ४६० डलर राखिएको छ ।
स्मार्टफोनको विशेषता यसमा भएको चार हजार एमएएचको ठूलो ब्याट्री हो र यसले गजबको ब्याट्री ब्याकअप दिन्छ ।
यसको स्क्रीन १६ः९ को आस्पेक्ट रेसियोमा काम गर्छ ।
नेपालमा यो फोन कहिले आइपुग्छ केही बताइएको छैन ।
यसका अन्य विशेषताहरू यसप्रकार छन् :
डिस्प्ले ५.५ इन्च फुल एचडी एलसीडी
प्रोसेसर क्वालकम स्न्यापड्य्रागन ६२५
–याम चार जीबी
इन्टरर्नल स्टोरेज ३२जीबी
अपरेटिङ सिस्टम एन्ड्रोइड ७.१ नट
ब्याट्री चार हजार एमएएच
रियर क्यामरा १२ एमपी डुआल क्यामरा
फ्रन्ट क्यामरा आठ एमपी
ब्याट्री तीन हजार बीस एमएएच
खास कुरा आईपी ६७ (वाटर रेजिस्टेन्स), होम बटनमा फिंगरप्रिन्ट सेन्सर
एजेन्सी