२३ जेठ २०८३, शनिबार

पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप दुर्घटना, दुईजनाको मृत्यु

कात्तिक २०, २०७४
पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप दुर्घटना, दुईजनाको मृत्यु
ताप्लेजुङ, २३ असोज- पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो । 

अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा परी उर्लाबारी–४ का २० वर्षीय अनिलजङ्ग थापा, २६ वर्षीय दिलीप घिमिरे र चालक इलाम निवासी अमित श्रेष्ठ घाइते भएका छन् । 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप ब्रेक फेल भई सडकबाट झण्डै २०० मिटर तल खसेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्