२५ जेठ २०८३, सोमबार

काठमाडौंमा दिउँसै गोली चल्यो, निर्माण व्यवसायीको मृत्यु

कात्तिक २०, २०७४
काठमाडौंमा दिउँसै गोली चल्यो, निर्माण व्यवसायीको मृत्यु

काठमाडौं, २३ असोज–नयाँ बानेश्वरमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । 

अध्यक्ष गौचनमाथी तीन गोली प्रहार भएको थियो । गोली लागेसँगै बानेश्वर मीनभवनस्थित सिभिल अस्पताल पुर्याइएको थियाे  । टाउको, बायाँ कोखा, छातीमा गोली लागेका गाैचनको गोली झिके लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । 

शान्तिनगरको खरीबोट भन्ने ठाउँमा मोटरसाइकलमा आएका दुईजनाले अध्यक्ष गौचनमाथि गोली प्रहार गरेका थिए।

प्रहरी स्रोतका अनुसार २–३ सय मिटर अगाडिबाट गौचनमाथि गोली प्रहार भएको थियो । 

गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्