०१ असार २०८३, सोमबार

बानेश्वरमा गोली लागेका व्यवसायीको मृत्यु

कात्तिक २०, २०७४
बानेश्वरमा गोली लागेका व्यवसायीको मृत्यु

काठमाडौं, २३ राजधानी काठमाडौंको शन्तिनगरमा सोमवार दिउँसो गोली चलेको छ । निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनलाई लक्षित गरी गोली प्रहार भएको हो । 

अध्यक्ष गौचनलाई एक गोली लागेको जनाइएको छ । उनको बानेश्वर मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । 

शान्तिरनगरको खरीबोट भन्ने ठाउँमा मोटरसाइकलमा आएका दुईजनाले अध्यक्ष गौचनमाथि गोली प्रहार गरेका हुन् । 

प्रहरी स्रोतका अनुसार २–३ सय मटिर अगाडिबाट गौचनमाथि गोली प्रहार भएको थियो । प्रहरीका अनुसार गौचनमाथि ३ राउण्ड गोली प्रहार गरिएको थियो । 

ज्यानमार्ने उद्देश्यसहित गोली प्रहार भएको हुनसक्ने महानगरीय प्रहरीले स्रोतको भनाइ छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्