०६ असार २०८३, शनिबार

‘बा ! भाइलाई बोर्डिङमा, मलाई किन सरकारीमा ?’

कात्तिक २०, २०७४
‘बा ! भाइलाई बोर्डिङमा, मलाई किन सरकारीमा ?’
डोटी, २९ पुस - “बा–आमाले भाइलाई बोर्डिङमा र मलाई किन सरकारी स्कुलमा पढाउँछन् ?” हरिहर माध्यमिक विद्यालयको उजुरी पेटिकामा यस्तै गुनासो लेखिएको भेटियो । बेनामी उजुरी पढेपछि छात्राको गुनासो भनेर अनुमान गर्न कठिन भएन । यो गम्भीर प्रश्नको उत्तर विद्यालयसँग थिएन, न त विद्यालयले सम्बोधन गरिदिन सक्थ्यो । हुन पनि हो, हरिहर माविमा अध्ययनरत विद्यार्थीमध्ये ७५ प्रतिशतभन्दा बढी त छात्रा नै छन्, गोरखापत्रमा खबर छ  ।school_2
जिल्ला शिक्षा कार्यालयले छात्रा शिक्षा सञ्जालको बैठक डाकेका बखत सो माविका महिला शिक्षकसमेत रहेकी गुनासो सुन्ने अधिकारी देवकी बोहराले भनिन् , “कक्षा २ मा दुई जना छात्र छन्, बाँकी १५ जना छात्रा । छोरालाई निजी विद्यालयमा र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने संस्कारले जरो गाडेकै छ । ”
छोरी त बिहे गरेर पतिको घर जाने भएकाले उनको पढाइमा किन लगानी गर्नुप-यो भन्ने मान्यता बोक्ने अभिभावकहरू सुदूर पश्चिममा बेग्रल्ती भेटिन्छन् । यहाँका अधिकांश सामुदायिक विद्यालयमा प्रायः छात्राको सङ्ख्या बढी छ । अझ विद्यालयको दूरी टाढा भएमा अभिभावकले छोरीलाई विद्यालय पठाउँदैनन् । अछाम सोकटस्थित गगुडा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एकेन्द्रबहादुर शाहले कक्षा ९ मा अध्ययन गर्न कम्तीमा दुई घन्टा टाढाको विद्यालय जानुपर्ने अवस्था रहेको सुनाउँदै भने, “अभिभावकहरू छोरीलाई त्यति टाढाको विद्यालयमा पठाउन चाहँदैनन् । बरु त्यति टाढा पठाउनुभन्दा आठ कक्षा सकेपछि छोरीलाई बिहे नै गरिदिन्छन् । ”
विद्यालयबाट फर्किएपछि छोरीलाई घरेलु कामकाजमा लगाउने र छोरालाई खेल्ने स्वतन्त्रता दिने भएकाले छात्राको सिकाइ स्तरमा समस्या देखिएको शिक्षकहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्