
काठमाडौं, २३ असोज — यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचर्ड थेलरले जितेको रोयल स्विडिश एकेडमी अफ सायन्सेसले सोमवार जनाएको छ ।

‘थेलरको योगदानले व्यक्तिगत निर्णय प्रक्रियाको आर्थिक र मनोवैज्ञानिक विश्लेषणका बीचमा पुलको काम गरेको छ,’ नोबेल समितिले बतायो । अर्थशास्त्री थेलरले ११ लाख डलरबराबरको पुरस्कार राशि प्राप्त गर्नेछन् ।
‘उनका अनुभवात्मक निष्कर्ष तथा सैद्धान्तिक अवधारणाहरूले व्यावहारिक अर्थशास्त्रको क्षेत्रलाई व्यापक विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् र यिनले आर्थिक अनुसन्धान र नीतिका क्षेत्रमा गहन प्रभाव पारेका छन्,’ नोबेल कमिटीले बताएको छ ।
रोयटर्सबाट